पाँचथर । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि पाँचथरमा जारी निषेधाज्ञा १३औं पटक थप भएको छ । साउन ३२ गते मध्यरातदेखि लागू हुने निषेधाज्ञा खुकुलो पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालबाट आइतवार जारी सूचना अनुसार अब बजार–पसल बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछन् । होटल तथा रेस्टुराँ स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । यद्यपि मेला, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने गतिविधिमा भने रोक लगाइएको छ । संक्रमणको खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय खोल्न भने रोक लगाइएको छ ।
सवारीका साधन सञ्चालनमा लगाइएको जोरबिजोरको प्रणाली पनि हटाइएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी सञ्चालन गर्न सकिनेछ । विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ । निषेधाज्ञाको यो आदेश आउँदो भदौ १० गते मध्यरातसम्म लागू हुनेछ । यस अघिसम्म बजार–पसल बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिइएको थियो भने सवारीका साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गरिएको थियो । पाँचथरमा पछिल्लो केही दिनमा कोभिड–१९ संक्रमण घटेको तथ्यांकमा देखिए पनि संक्रमणको खतरा भने उत्तिकै छ । रासस
रुपन्देही र बाँके जिल्लामा एक हप्ता निषेधाज्ञा थपिएको छ । लुम्बिनी प्रदेश यी दुई जिल्लाहरूमा आज बसेको बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । रुपन्देहीमा जिल्ला स्तरिय कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले ३१ गतेसम्म निरन्तरता दिएको जनाएको हो । २०७८ वैशाख १५ गतेको आदेशलाई तपसिल बमोजिम हुने असार २२ गते बिहान ६ बजेदेखि असार ३१ गते राती १२ बजेसम्म निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी
महोत्तरी।कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ।जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार आजदेखि लागू हुनेगरी सातौंपटक निषेधाज्ञाको अवधि असार २३ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो।एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। अत्यावश्यक वस्तुका पसल बिहानदेखि साँझ छ बजेसम्म सञ्चालन हुनेछन् भने सार्वजनिक यातायातका साधन स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुनेछन्।
दाङमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बुधबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो ।बैठकले एकहप्ता लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले बताए । लकडाउन थप गर्ने निर्णय गरेपनि यातायातका साधन भने चल्न दिने निर्णय भएको कुरुवाङले जानकारी दिए । पछिल्ला दिन जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात र निजी यातायात चलाउने निर्णय भएक
डडेल्धुरा, असार १५ । डडेल्धुरामा जारी भएको निषेधाज्ञा केहि खुकुलो पार्दै ८ दिनका लागि फेरि थपिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण बढने क्रममै रहेकोले केही खुकुलो पार्दै असार २५ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको हो । बैठकले खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु […]
काठमाण्डाै – कोरोना भाइरसको नयाँ म्युटेशन देखा परेकै बेला निषेधाज्ञा खुकुलो भएकाले थप सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका हुन् । निषेधाज्ञा खुकुलो भएसँगै सडक बजारमा चहलपहल बढेकाले यात्रा तथा किनमेल गर्दा र कार्यालयमा काम गर्दासमेत विशेष ध्यान दिन डाक्टरको सुझाव छ ।
निजामती कर्मचारी अस्पतालका कोभिड फोकलपर्सन डाक्टर सुमनबाबु मरहट्ठाले अहिले देखिएको डेल्टाको नयाँ भेरियन्ट धेरै संक्रामक रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सामान किन्न पसल जाँदा ग्राहक र व्यवसायी दुवैले मास्क लगाउने, भौतिक दूरी का...
कोरोना सङ्क्रमणको जालो तोड्न पाँचथरमा निषेधाज्ञा एक साता लम्बिएको छ ।
आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा आगामी असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिए ।
बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ । सङ्कट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार सरकारी तथा सार्वजनिक कार्यालयहरुले अत्यावाश्यक सेवा नियमित सञ्चालन गर्ने, बैङ्क तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गर्ने तर घर–घर पुगेर रकम सङ्कलन गर्ने कार्य स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सातौँ पटक थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान १२ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद, बिउ बिजन, कुखुराको चल्ला, दाना
महोत्तरी। कोरोना संक्रमणको दर कम हुँदै गएपनि महोत्तरी जिल्लामा गएराति देखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार बिहान, साँझमा तीन घण्टा अत्यावश्यक सामग्रीको पसल खुल्ने र सीमा नाका बन्द गर्ने गरी निषेधाज्ञा खुकुलो बनाईएको हो।