बाढीपीडितको १५ वर्षदेखि जंगलमा बास

कुमार श्रेष्ठ, बाँके  ।  ‘हामी रहरले यहाँ आएर बसेका होइनौं । दुःख र बाध्यताले गर्दा बसेका हौं’, बेतहनीको झोरा सामुदायिक वन क्षेत्रमा बसेकी बाढीपीडित जेसरानी यादव भन्नुहुन्छ– ‘अहिले सामुदायिक वन र वन कार्यालयले हटाउने भन्छ । हामी कहाँ जाने ?’विसं २०६३ असारमा राप्ती नदीमा ठूलो बाढी आएपछि होलियाको कृषिचौफेरीबाट यादवका परिवारलाई नेपाली सेनाको हेलिकोप्टरले झोरा […]

सम्बन्धित सामग्री

पाँच वर्षदेखि त्रिपालमै पहिरोपीडित

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चामबासका पहिरोपीडितहरु पाँच वर्षदेखि त्रिपालमै बिताउन बाध्य भएका छन्। थातथलो पहिरोले पुरिएपछि विस्तापित बनेका उनीहरुको बस्ति स्थानान्तरण हुन नसक्दा त्रिपालमुनीको बास बनेको हो ।  वर्षाैदेखि...

३० वर्षदेखि ओढारको बास

बैतडी । बैतडीको मेलौली नगरपालिका–३ ढणौनका नरबहादुर चन्द विगत ३० वर्षदेखि ओढारमा बस्दै आएका छन् । ६४ वर्षका उनी सामान्य मानिसले सहजै पुग्न नसकिने अप्ठ्यारो भीरको ओढारमा बस्दै आएका छन् । ओढारभित्र उनीसँग कुच्चिएका स्टील र प्लास्टिकका भाँडाकुँडा तथा कसैले फालेर छाडेका झुत्रिएका लुगाबाहेक केही छैन । चन्दको मानसिक अवस्था सुस्त छ । आमाबुबाको मृत्यु […] The post ३० वर्षदेखि ओढारको बास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१३ वर्षदेखि जंगलमा बस्दै आएका फडेरा दम्पतीको सहारा वृद्धभत्ता

हुम्लाका‍ एक दम्पती विगत तेह्र वर्षदेखि जंगलमा बास बस्दै आएका छन्। घर बर्खाको पानीले भत्किएपछि उक्त दम्पतीले जंगलमा झुपडी बनाएर बसोबास गर्दै आएका हुन्। सर्केगार्ड गाउँपालिका- ३ को उनापानी गाउँका कलिवान फडेर र च्यापु फडेराको हातमुख जोर्ने बाटाे भने वृद्धभत्ता भएको छ। यो जोडी गाउँबाट एक घण्टा टाढाको जंगलमा बसोबास गर्दै आएका छन्। उमेरले ७४ […]

सिलिचोङका पहिरोपीडितको दुई वर्षदेखि त्रिपालमुनि बास

संखुवासभाको सिलिचोङ गाउँपालिका–१, बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् ।

ज्योतिषले ‘घरमा राक्षसले बास गरेको छ’ भनेपछि सडकको बास!

डम्मर बुढामगर- ढोरपाटन : बुर्तिबाङ-बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ। छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला। त्यही छाप्रोमा बस्छन् ६७ वर्षीय देवीराम दर्जीको परिवार। काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन। देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ। ढोरपाटन नगरपालिका-२ दुलेमा पर्ने बस्ने…

डेढ वर्षदेखि ‘ह्युमपाइप’ मै बास

गणतन्त्र र संघीयतासहितको व्यवस्था गरेर जारी भएको नेपालको संविधान कार्यान्वयन भएको ७ वर्ष पुगेको छ । यसको उपलक्ष्यमा सोमबार राज्यले हर्षबढाइँ गरेर खुल्लामञ्चमा गणतन्त्र दिवस मनायो । तर, मोरङ पथरीशनिश्चरे–५ का लगभग ५० वर्षीय उल्टा ऋषिदेवलाई न त गणतन्त्रले छोयो, न उनको जीवनयापन नै सहज छ ।संविधानले गाँस, बास र कपासलगायत मौलिक अधिकार सुनिश्चित गरेको छ । तर उल्टा ऋषिदेवको गाँसको टुङ्गो छैन, कपासको जोहो छैन, बास भने सडकको किनारामा फालिएको ह्युमपाइप मै छ । उनी यसैमा रात कटाउँछन् ।उनी सुनवर्षी&ndas

पन्ध्र वर्षदेखि ओढारमा बास

कोरोना महामारीमा प्रभावित र विपन्न व्यक्तिलाई वितरण गरिने राहत पाउनेको सूचीमा उनी परेनन्। उनको व्यवस्थापनको लागि सर्वसाधारणले माग गरेका छन्।...

४६ वर्षीय चेते कुलाल : १५ वर्षदेखि ओढारमै बास

जुम्ला । जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आएका छन् । घर नभएपछि उनी १५ वर्षदेखि ओढारमा बास बस्दै आएका छन् । उनीसँग सम्पत्तिको नाममा एउटा फाटेको कम्बल छ […] The post ४६ वर्षीय चेते कुलाल : १५ वर्षदेखि ओढारमै बास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आपटारका पहिरो पीडित : एक वर्षदेखि त्रिपालको बास

असोज ९, धरान । एकवर्ष अघि असोज ३ गते धरान उपमहानगरपालिका वडा नं २० स्थित विष्णुपादुकाको आपटारमा गएको पहिरोले विस्थापित बनेका पहिरो पीडित अहिले पनि त्रिपालकै सहारामा बस्दै आएका छन् ।  पहिरोका कारण विस्थापित बनेका ७ घर परिवार अहिलेसम्म पनि त्रिपालकै भरमा बस्न बाध्य छन् । पहिरोले बासनै उठाए पछि तत्काल स्थानीय भक्त लिम्बुको जग्गामा धरान उपमहानगरपालिकाले बस्ने व्यवस्थापन मिलाइदिएको थियो । वडा कार्यालय मार्फत पाएको त्रिपालकै घरमा अहिलेसम्म ती सातघर कष्टकर जीवन बिताउन बाध्य छन् । पहिरोले घरबारी बगाए पछि विस्थापित बनेको एक वर्ष बितिसक्दा पनि संघीय, स्थानीय र प्रदेश सरकारले आश्वासन मात्र दिएको पीडित सपना राईले बताइन् । उनले नेपाल रेडक्रस सोसाइटीले दिएको त्रिपालको बास बाहेक स्थानीय सरकारले समेत केही सहयोग नगरेको गुनासो पोखिन् ।  उनी भन्छिन्, ‘तीन महीनामा अर्कै ठाउँमा घर बनाएर सार्दिन्छु भने पनि वडाध्यक्ष मणिराम राईले अहिलेसम्म केही गरेको छैन ।’ उनले यस वर्षको वर्षाद्को समयमा धेरै कष्टकर जीवन बिताएको दुःखेसो पोखिन् । उनी भन्छिन्, ‘हावापानी आउँदा टेन्ट उडाउँला भन्ने डर हुन्छ, स-सना बच्चाहरुसँग बस्नुपर्छ, उडाइहाल्यो भने त झन् विचल्ली हुन्छ भनेर हामी टेन्ट समाएर रातभरि नसुती बस्यौै ।’ एक वर्षको अवधिमा विस्थापित परिवारलाई २० ओटा टोलिले आश्वासन दिएको छ । सहयोग आउला भन्ने आशामा बस्दा बस्दै एक वर्ष वितिसके पनि स्थानीय सरकारले कुनै सहयोग नगरेको ७० बर्षीय मानबहादुर राई बताउँछन् । आश्वासनमा बसेका पहिरो पीडितहरुले सहयोग नगर्ने सरकारबाट अब केही सहयोग अपेक्षा नगरेको उनीहरु बताउँछन् ।  उनीहरुले प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राई, यही क्षेत्रबाट निर्वाचित भएका हालका मुख्यमन्त्री भीमप्रसाद आचार्य, धरान नगरप्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारीमात्र हैन आफ्नै वडाका वडाध्यक्ष मणिराम राईले समेतले आश्वासन बाहेक केही नगरेको उनीहरुको गुनासो छ ।  पीडित सपना राईले भनिन्, ‘क्षेत्रीय सांसद भीमप्रसाद आचार्यले सहयोग गर्छु भनेर त्यती बेला आश्वासन दिए पनि अहिले मुख्यमन्त्री भइसक्दा समेत सहयोग गरेका छैनन्, तपाईहरुलाई हामीचाडै व्यवस्थापन गर्छाै भन्छन्, तर केही गरेनन्, अब त आश पनि हराईसक्यो ।’ धरान उपमहानगरपालकाका प्रवक्ता एवम् वडा नं. २० का वडाध्यक्ष मणिराम राईले विस्थापित ७ घर परिवार एकै ठाउमा बस्ने चाहने तर स्थानीय सरकारले एकै ठाउमा जग्गा नभेटेकोले पनि स्थान्तरण गर्न नसकेको बताए । उनले भने, ‘हामी समय समयमा गएर अन्य सहयोग गरे पनि उनीहरुको दीर्घकालीन बसोबासको व्यवस्था भने गर्न सकिएको छैन, अब दशै तिहारपछि भने व्यवस्थापन गर्ने कुरामा हामी लाग्छौ ।’

३ वर्षदेखि बाटोमै बास

सेतो, कालो फुलेको कपाल, हातमा घडी, ठड्डिएको लौरो, न्यानो ज्याकेट, पछाडि निगालोले बुनेको डोको, अन्य कट्टा, बाटोको छेउमा बिछ्याईएको ओछ्यान ।उनी एक वृद्ध हुन्, मुगुम कार्मारोङ गाउँपालिका–९ छाइलका बलरुप बूढा । उमेरले ६० नाघे । यतिका वर्ष पुग्दा केही वर्ष घरमै बास बित्यो पछि उनको बास घरमा बस्ने कुरा त परै जावस ३ वर्षदेखि बाटोमै […]