अर्थमन्त्रीको जवाफ : हरेक क्षेत्रको मार्गनिर्देशनको दस्तावेज हो ‘बजेट’

–नारायण ढुङगाना, नेपाल सरकारद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमाथि सङ्घीय संसद्का दुवै सदनमा छलफल जारी छ । छलफलका क्रममा यसअघिको परम्परा जस्तै बजेटप्रति सत्तापक्षका सांसदहरूले बजेटको बचाऊ गर्दै आफ्ना धारणा राखेका थिए भने विपक्षी दलका सांसदहरूले बजेट व्यावहारिक नभएको तथा कार्यान्वयनमा हुन नसक्नेजस्ता टिप्पणी राख्दै आलोचना गरेका थिए । यद्यपि, मुलुकको निजी क्षेत्र एवं अर्थ […]

सम्बन्धित सामग्री

एनसेलले प्राधिकरणलाई दियो कागजातसहित जवाफ

काठमाडौं । एनसेलको सेयर कारोबार शंकास्पद देखिएपछि सरकार, संसद् र न्यायपालिका गरी राज्यका तीनवटै अंग सक्रिय हुँदा एनसेल आजियाटाले जवाफ पठाएको छ । एनसेल आजियाटा लिमिटेडले एनसेलमा रहेको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको ‘सेयर खरिद सम्झौता’को दस्तावेज एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको हो । एनसेल प्रकरणमा कांगे्रस–एमाले नेतृत्वको संसदीय समितिको […] The post एनसेलले प्राधिकरणलाई दियो कागजातसहित जवाफ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भुसालको दस्तावेजलाई समाजवादीको जवाफ ‘स्वागत पत्र’

काठमाडौं, २८ पुष । नेकपा (एमाले) परित्याग गरेर गत प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाट पराजित भएका नेता धनश्याम भुसाल र नेकपा (एकीकृत समाजवादी)बीच पत्र आदानप्रदान भइरहेको छ। भुसालले केही दिन अगाडि समाजवादीलाई ५ पृष्ठलामो दस्तावेज बुझाएका थिए। त्यसको केहीदिन पछि बुधबार साँझ समाजवादीले भुसाललाई स्वागत पत्र पठाएको छ। भुषासाल आफूले समाजवादीमा महासचिब पाए समाजवादी प्रवेश गर्ने तयारी […]

संविधान गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताए । ‘संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन । यसर्थ आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ,’ […]

वामदेवलाई प्रचण्डको जवाफ : ओलीविरुद्ध १९ पन्ने दस्तावेज तपाईंकै हाेइन र !

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविक नेकपा विवादमा केपी ओलीमाथि लगाएको १९ पन्ने आरोपपत्रमा अधिकांश सुझाव वामदेव गौतमकै भएको दाबी गरेका छन्। शनिबार प्रचण्डले आरोपपत्र फिर्ता नलिएकै कारणले नेकपा विभाजन भएको आरोप लगाएपछि त्यसको जवाफ दिँदै प्रचण्डले त्यसमा अधिकांश सुझाव गौतमकै समेटिएको दाबी गरेका हुन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रममा बोल्

हरेक क्षेत्रको मार्गनिर्देशनको दस्तावेज हो ‘बजेट’  :  अर्थमन्त्री शर्मा

जेठ १८, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गरिब, उत्पीडित जनता, अर्थशास्त्री, बुद्धिजीवी र आम राजनीतिक पार्टीको मार्ग निर्देशनलाई बजेटमा आफूले प्रस्तुत मात्रै गरेको उल्लेख गर्दै विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त भएर अघि बढ्न आग्रह गरेका छन् ।             राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै उनले बजेट कस्तो लाग्यो भन्ने कुरा आआफ्नो खालको टिप्पणी हुने भए पनि सरकारबाट प्रस्तुत भएको नीति तथा कार्यक्रम र तल्लो तहबाट आएको सुझावकै आधारमा बजेट ल्याइएको बताए । उनले बजेटमा केही त्रुटि हुनसक्ने भन्दै राम्रा पक्षका विषयमा पनि ध्यान जानुपर्नेमा जोड दिंदै यसपाली बजेट ९ दशमलव ६८ प्रतिशतले वृद्धि गरिएको बताए । सामान्यतः बजेट १० प्रतिशतको हाराहारीमा वृद्धि हुँदै आएको थियो ।     मुलुक संकटका अवस्थामा रहेका बेला बजेटले सम्बोधन नगरेको भनेर सांसदहरूबाट आलोचना आएका सन्दर्भमा अर्थमन्त्री शर्माले मुलुक संकटमा भए पनि यसको समाधान यही हो छैन भने पनि समाधान यही हो भनी बताए ।   उत्पादन र उत्पादकत्व वृद्धिका लागि मुलुकमा भएको अधिकतम स्रोतसाधन परिचालन गर्नुपर्नेमा जोड दिंदै उनले प्रविधिलाई विश्व बजारबाट लिने हो, कृषि उत्पादनको परम्परागत अवस्था छ, त्यसलाई यान्त्रिकरण, व्यावसायीकरण र रुपान्तरण गर्ने पर्ने आवश्यकता रहेको बताए ।        अर्थमन्त्रीका अनुसार उद्योग बनाउनका लागि पनि कृषिकै आवश्यकता हुन्छ । आयात प्रतिस्थापनका लागि पनि कृषि नै चाहिन्छ । अहिले उत्पादनतर्फ निरासा देखिएकाले बजेटले आशावादीमा परिणत गर्न खोजेको छ । नागरिकलाई उत्साहित गर्दै कृषि क्षेत्रमा लाग्नुपर्छ भनेर सन्देश दिनेगरी बजेट आएको उनले दाबी गरे । यसका लागि भने तीनै तहको सहकार्यमा मात्रै काम गरिने र मुख्य गरी स्थानीय सरकारलाई बढी जिम्मेवारी दिइने कुरा स्पष्टरुपमा उल्लेख भएको उनले बताए ।   उनले जस्तापाता, जुत्ताजस्ता वस्तु कम मूल्यमा उत्पादन गर्ने वातावरण सिर्जना गरिदियो भने निर्यातको सम्भावना रहने भएकाले नै निजी क्षेत्रलाई विकासको इञ्जिन भनिएको बताए ।          उनले बजेट बनाउँदा दिमागमा चुनाव भन्ने कुरै नआएको तर संसदमा आएपछि मात्रै सुनेको बताए । अर्थमन्त्री शर्माले अहिलेको समस्या समाधान कसरी गर्ने रोजगारी कसरी सृजना गर्ने भन्नेमा बजेट केन्द्रित रहेको पनि दाबी गरे ।  विश्वव्यापी कोभिड महामारीका कारण ठूलो असर गरेको बताउँदै अर्थमन्त्री शर्माले मुलुकमा पर्यटनको अथाह सम्भावना भएको उल्लेख गरे । साथै उनले शिक्षामा बजेट कम भएको छैन भन्दै शिक्षामा गत वर्षकोभन्दा बजेट वृद्धि गरिएको बताए ।

प्रचण्डलाई अक्करमा पार्ने प्रतिनिधिका ८ प्रश्न

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । तर, अध्यक्ष प्रचण्डले जवाफ दिन बाँकी छ । १२ गते प्रचण्डले ४५ पृष्ठ लामो ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान प्रस्तुत गरेका […]

रवीन्द्र मिश्रलाई मिलन पाण्डेको जवाफ : ढुक्क हुनुहोस् देशले प्रतिगमन स्वीकार्दैन

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले देशले फेरी प्रतिगमन नस्वीकार्ने बताएका छन्। पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने दस्तावेज सार्वजनिक गरेपछि उनले यस्तो बताएका...

सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउँछौं : मुख्यमन्त्री राउत

काठमाडौं। प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउने बताएका छन्। सरकारले ल्याएको नीति तथा कार्यक्रम पूरक नभई छलफलको दस्तावेज भएकाले यसलाई सुधार र थपघट गर्न सकिने खालको सांसदहरुको सुझाव समावेश हुने उनले बताए। नीति तथा कार्यक्रमको विषयमा उठेका सवालको जवाफ दिँदै उनले भने,“प्रदेश २ लाई समृद्ध बनाउन आएको सुझावलाई सम्मान गरिनेछ।”