काठमाडौं । दराज नेपालले नयाँ वर्षको अवसरमा ‘नव वर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’ योजना सार्वजनिक गरेको छ । दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले गुणस्तरीय सामग्री मात्र नभई प्रभावकारी ग्राहक सेवा प्रदान गर्दै आएको भन्दै नयाँ वर्षको अवसरमा दराजले विभिन्न विक्रेता र पेमेन्ट पार्टनरसँग साझेदारी गरेको बताइन् । कम्पनीका अनुसार मेगा गिभ–अवे मा १ लाख ९ हजार ९९९ रुपैयाँ बराबरको रियलमी जीटी २ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छूट, मेगा भौचरमा ५ हजार रुपैयाँसम्मको छूट र प्रि–पेमेन्टमा १ हजार रुपैयाँसम्म छूट उपलब्ध हुनेछ । दराजका अनुसार नबिल बैंक, ग्लोबल आइएमई, एनआईसी एशिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकले प्रि–पेमेन्टमा २० प्रतिशत अथवा १ हजार रुपैयाँसम्म छूट पाउनेछन् ।