ढाका प्रदर्शनी पुसमा

काठमाडौं, (नेस) । ढाका कपडा र यसबाट बनेका वस्तुको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी पुसको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते प्रदर्शनी र सम्मेलन […]

सम्बन्धित सामग्री

प्रदर्शनी तथा राष्ट्रिय भेला स्थगित

काठमाडौँ, २८ मङ्सिर: नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगन भएको छ ।पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका साथै भेला उद्यमी सुवर्णकुमार श्रेष्ठको निधन भएका कारण स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका संयोजक […]

राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगित

काठमाडौँ – नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगित भएको छ । पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका साथै भेला उद्यमी सुवर्णकुमार श्रेष्ठको निधन भएका कारण स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका संयोजक […]

तीन दिने ‘ढाका प्रदर्शनी’ हुँदै

ढाकाका कपडाको प्रबद्र्धन गर्नलाई यही पुसमा तीन दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरिले पुस २, ३ र ४ गते ढाका प्रदर्शनी आयोजना हुने बताए ।उनले नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी संघको आयोजनामा प्रदर्शनी हुने लागेको रातोपाटीलाई जानकारी दिए । पुस २ गते ह्याण्डलुम (हाते तान) तथा ढाका उद्योगी कपडा संघको सम्मेलन छ र त्यही दिनदेखि प्रदर्शनी सुरु हुनेछ ।नेपालमा तेह्रथुमे र पाल्पाली ढाकाको प्याटेन्ट र ट्रेडमार्क रहेको गिरीले जान

ढाका कपडा तथा वस्तु उत्पादनको प्रदर्शनी पुसमा

ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यावसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा […]

ढाका कपडा तथा वस्तु उत्पादनको प्रदर्शनी पुसमा

काठमाडौं (अस) । ढाका कपडा र यसबाट बनेका वस्तुको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीको राष्ट्रिय सम्मेलन  तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा प्रदर्शनी र सम्मेलन गरिने भएको हो । विगतमा महासंघको पहलमा ढाका उद्यमी व्यवसायीको छाता संस्थाको रूपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थित ढंगले अगाडि बढाउन कठिनाइ भएकाले संघलाई पुनर्गठन गर्ने गरी पुस २ गते देशभरका ढाका उद्योगी तथ व्यवसायीको राजधानीमा भेला आयोजना गरिन लागेको हो । पुस २ र ३ गते दोस्रो ढाका वस्तु प्रदर्शनी आयोजना गर्ने तयारी भइरहेको संघले जनाएको छ । नेपालको मौलिक उत्पादन ढाका कपडा थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित रहेको छ । ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा सजिलैसँग सञ्चालन गर्न सकिने हुँदा संघले देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म सबै ग्रामीण, अर्धसहरी तथा सहरी क्षेत्रमा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोगमा जोड दिँदै आएको छ । यसबाट एकातिर ग्रामीण क्षेत्रमा स्व–रोजगार तथा रोजगार एवं आय वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ भने अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्यान्ड, नेदरल्यान्डलगायत मुलुकमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पुग्दै आएको महासंघ अध्यक्ष श्यामप्रसाद गिरीले बताए । हाल देशभर ५ हजारभन्दा बढी ढाका व्यवसायी छन् भने १ लाखभन्दा बढीलाई  रोजगारी सिर्जना गरेको संघक अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याट्रनको मात्र प्रयोग भइरहेकामा पछिल्लो समय यसका उत्पादनमा बजारको मागअनुसार उत्पादन विविधीकरण थालिएको उनले बताए ।