कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारका तीन मन्त्रीले मंगलवार राजीनामा दिएका छन् ।
नेकपा एमाले संसदीय दलको निर्देशनपछि आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाहीलाई राजीनामा पत्र बुझाएर तीन मन्त्रीले पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
पार्टीको निर्देशन अनुसार राजीनामा दिइएको उनीहरूले बताए ।
एमालेका तीन मन्त्रीले राजीनामा दिएपछि शाही नेतृत्वको सरकार अल्पमतमा परेको...