जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ््गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ ।
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा थप ८०० किलोमिटर सडक सञ्जाल थप्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा थप ८०० किलोमिटर सडक सञ्जाल थपिने जनाएका हुन्। त्यसै गरी २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको जनाएका छन्।यस्तै‚ पूर्व-पश्चिम राजमार्ग स्तरोन्नतिका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ। दुर्गम जिल्ला हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा जोडिने पनि शर्माले बताए।
जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ््गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ ।
जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ््गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ ।
जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ््गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ ।
जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ्गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ । बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सिडिई शुभराज न्यौपानेले जानकारी दिनुभयो । बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको …
चैत ७, काठमाडौं । जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । भौतिकपूर्वाधार तथा यातायात विकास मन्त्रालयले उक्त सडकखण्डको पाँचकाटियादेखि ब्याउली ढुङ्गासम्म स्तरोन्नति गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको हो ।
बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको मन्त्रालयका योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सिडिई शुभराज न्यौपानेले बताए ।
बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयलाई पत्र पठाएको छ ।
तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ । चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ । केही दिनमा बोलपत्र आह्वान गरी काम अगाडि बढाइने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुव झाले बताए । रासस
काठमाडौँ– अमेरिकी सहयोग निकाय– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग नेपालले ५० करोड अमेरिकी डलर अनुदान लिएर उच्च क्षमताको विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नति गर्ने सम्झौतालाई राजनीतिक रङ दिइँदा यसले सार्वजनिक वृत्तमा ठूलो बहस निम्त्याएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अघिल्लो कार्यकालमा तत्…
काठमाडौँ– ‘एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए के हुन्छ ?’
अनुमोदन नभए अमेरिकाले विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नति परियोजनामा दिन लागेको ५० करोड अमेरिकी डलर अनुदान दिनेछैन । एमसीसीको प्रतिनिधिमण्डलबाट भएका भ्रमण, गत कात्तिकमा एमसीसीसँगको सम्झौता संसदमा पेस नै नगरी अचानक स्थगित भएपछि एमसीसीले…

वैशाख १८, ओखलढुंगा । सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ ।
यसका लागि रू. १ अर्ब ५० करोड बजेट विनियोजन समेत गरिइएको छ । जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको सडक यसैवर्ष स्तरोन्नति हुने भएको हो ।
मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिइ आवश्यक रकम विनियोजन भएको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए । ऐतिहासिक महत्व बोकेको उक्त सडक सरकारले विशेष बजेट माफर्त स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ ।
‘यो सडक प्रदेश १ को समृद्धिसँग जोडिएको छ । यही मार्ग भएर माथिल्लो सगरमाथाका सोलु, खोटाङ, ओखलढुंगा र उदयपुरको उत्तरीक्षेत्रमा खाद्यन्न र निर्माण सामाग्री ढुवानी हुन्छ ।’ उनले भने, ‘म त्यो क्षेत्रको सांसद भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ ।
प्रदेश सरकारको सिफारिस र समन्वयमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रक्रिया शुरुआत हुन्छ । लोकमार्गको सडक चौडाई बढाएर ढल निकास सहितको व्यवस्थित बनाइने छ ।’
कटारी–घुर्मी–ओखलढुंगा सडक स्तरोन्नतिको माग गर्दै उदयुपरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध समेत गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रक्रिया शुरु गराउने प्रतिवद्धता जनाएका थिए ।
दशकौं अलपत्र बनेको सडक स्तरोन्नति हुने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । कटारी नगरपालिका १४ का रुद्र प्याकुरेलले लामो समयदेखि सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न गर्दै आएको माग ढिलै भएपनि पूरा हुने भएपछि खुशी व्यक्त बताए ।
उनले भने ‘हामीले निकै हारगुहार गर्यौँ । सडक मर्मत गर्न माग गरेर कहीँ कतैबाट सुनुवाइ भएको थिएन ।’ कटारी–घुर्मी सडक मर्मत भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ । रासस