जाजरकोट–जुम्ला सडक स्तरोन्नतिका लागि ५० करोड रुपैयाँ विनियोजन

चैत ७, काठमाडौं । जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । भौतिकपूर्वाधार तथा यातायात विकास मन्त्रालयले उक्त सडकखण्डको पाँचकाटियादेखि ब्याउली ढुङ्गासम्म स्तरोन्नति गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको हो । बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको मन्त्रालयका योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सिडिई शुभराज न्यौपानेले बताए । बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयलाई पत्र पठाएको छ । तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ । चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ । केही दिनमा बोलपत्र आह्वान गरी काम अगाडि बढाइने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुव झाले बताए । रासस

सम्बन्धित सामग्री

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ्गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ । बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सिडिई शुभराज न्यौपानेले जानकारी दिनुभयो । बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको …