विजयादशमीमा टीका लगाउन आफन्तकहाँ जाने यात्रुलाई सहज बनाउन नेपाल प्रहरीले भोलि बुधबार काठमाडौं उपत्यकाका तीन रुटमा निःशुल्क बस सञ्चालन गर्ने भएको छ। कात्तिक ४ गते बिहान ८ बजे पहिलो र दिउँसो ३:३० बजे दोस्रो सिफ्टको सेवा सुरु हुने प्रहरीले जनाएको छ। महानवमी र विजयादशमीका लागि सञ्चालन गरिएको सेवाअन्तर्गत आज कात्तिक ३ गते अपराह्न ४ बजेबाट […]