भारतको विपक्षी दल कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले भारतमा अभिव्यक्ति स्वतन्त्रता दबाउन ट्विटर नजानिँदो तवरले मतियार बनेको बताएका छन् ।
बिहीवार ट्विटरलाई पत्र पठाएर गान्धीले आफ्नो फलोअर संख्या प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र कांग्रेस नेता शशी थरूरसँग तुलना गरे ।
सन् २०२१ को पहिलो सात महिनामा आफूले चार लाख नयाँ फलोअर पाएको तर अगस्ट महिनामा अकाउन्ट आठ दिनका लागि सस्पेन्ड भएपछि फलोअर संख्या घट्न थालेको गान्धीले बताए ।
उनले लेखे, ‘मलाई ट्विटर इन्डियाका मानिसले सुटुक्क के भनेक...