नवौं राष्ट्रिय खेलकुदका लागि विभिन्न १२ विषयगत उपसमिति गठन गरेको छ । संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समिति बैठकले १४ मध्ये १२ उपसमिति गठन गर्ने निर्णय गरेको हो ।