काठमाण्डौ – वैदेशिक रोजगारीमा जान काढेको ऋणको कारण परदेशीका परिवारमा मनोसामाजिक समस्या बढेको पाइएको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारमा अत्यधिक पिर चिन्ताको लक्षण देखिएको र त्यसको प्रमुख कारण विदेश जान काढेको ऋण रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपालको तथ्याङ्कले देखाएको हो ।
सिएमसी नेपालले करिब पाँच वर्षकाे अवधिमा नौ हजार चार सय ८४ जनालाई सेवा दिँदा ७१.६६ प्रतिशतमा अत्यधिक चिन्ताका लक्षणहरू भएको पाइएको छ भने १२.७ प्रतिशतमा डिप्रेसनका लक्षणहरू पाइएको छ । ३.२ प्रतिशतमा भने...