धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घुसबापत बुझेको ८ लाख रुपैयाँ बाटोको छेउमा फालेर भागेका छन् ।
भवन निर्माण सम्पन्न प्रमाण पत्र दिने प्रयोजनका लागि ८ लाख घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोली देखेपछि अध्यक्ष राउत पैसा सडक छेउमा फालेर भागेका हुन् ।
अख्तियारले उक्त रकमसहित अध्यक्ष राउतका सवारी चालक वीरबहादुर मगरलाई भने नियन्त्रणमा लिएको छ ।
'गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री उक्त गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले च...