स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उत्कृष्ट प्रस्तुति दिन नसकेपछि स्वास्थ्य सचिव यादवप्रसाद कोइराला बाहिरिएका छन् । कोइरालाको ठाउँमा लक्ष्मण अर्याल आएका छन् । स्वास्थ्य मन्त्रालयमा रहँदा कोइरालाले कर्मचारीहरुलाई थर्काउने गरेको गुनासो मन्त्रालयका पदाधिकारीहरुले गर्थे । स्वास्थ्यमा राम्रो काम गरिरहेका भाइरोलोजिष्ट डा.शेरबहादुर पुनलाई कोइरालाले ‘तँ तँ र म म’ गरेको प्रसंग स्वास्थ्य क्षेत्रमा चर्चाको विषय बनेको थियो …