पाटन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ३ महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन्।जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष ०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षामा उनले नेपालको मेडिकल शिक्षा अन्तरराष्ट्रिय स्तरमा राम्रो छ भन्ने सन्देश रहेको बताए।‘नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तरराष्ट्रिय स्तरमा भनिरहेको अवस्था छ। माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावर