युरोपेली संघबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै बेलायत र ईयू अलग भएका छन् । जीएमटी समयअनुसार राति ११ बजेदेखि बेलायतले संघ अन्तर्गतका सबै नियमहरुको पालना गर्न छाडेको छ भने यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहकार्यका लागि नयाँ व्यवस्थाहरू लागु गरिएको छ ।