काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बलजफ्ती गरेको पनि उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । […]