काठमाडौं : पाँच दलीय गठबन्धनको बैठक आज पनि बैठक बस्दै छ।सिट बाँडफाँडका लागि सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन्। उनका अनुसार आज बिहान सुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ। हिजो साँझसम्म सिट बाँडफाँटमा ठोस प्रगति हुन नसकेको उनको भनाइ छ। आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ।सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको