एमसीसीबारे सहमति जुटाउने प्रयासस्वरुप सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बस्दैछ । बिहीबार बसेको गठबन्धनको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि शुक्रबार पनि बैठक बोलाइएको हो ।
सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बिहान १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।
बिहीबारको बैठकमा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी अघि बढ्न नसक्ने अडान लिएको थियो भने नेकपा एकीकृत समाजवादीले ७ गतेसम्म पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको थियो ।
तर, देउवाले एमसीसीमा पर्खिन नसक्ने बताएका छन् भने गठबन्धनको बैठकलगत्तै एमा...