नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ३३ वर्षीय पारस खड्काले मानसिक रुपमा भने आफू ५० वर्षको भइसकेको बताएका छन् । सन्यास घोषणापछि पत्रकार सम्मेलन गर्दै उनले खेलाडीका रुपमा नेपाली क्रिकेटका लागि सक्दो योगदान गरिसकेकाले क्रिकेट व्यवस्थापनमा नयाँ बाटो खोज्न चाहेको स्पष्ट पारे । उनले आफू व्यवस्थापकका रुपमा क्रिकेटमा सक्रिय हुन चाहेको बताए । ‘व्यवस्थापनमा आउन चाहन्छु । कुनै न कुनै रुपमा क्रिकेटमै जोडिरहनेछु,’ पारसले भने,‘मेरो सल्लाह,सुझाव क्रिकेटका लागि आवश्यक पर्छ भने त्यस