काठमाडौं। आइतबार विहान कास्कीको पोखरास्थित सेती नदीमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६४ जनाको शव फेला परेको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार फेला परेकामध्ये ३०जनाको शव पोस्टमार्टमको लागि स्थानीय गण्डकी अस्पतालमा पठाइएको छ। ३४ जनाको शव सेतीको खोचबाट माथि ल्याउने कार्य भइरहेको छ। विमानमा रहेका अन्य यात्रुको खोजी कार्य जारी रहेको छ।