१८ साउन, पोखरा । गण्डकीका नयाँ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै १२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेकी थिइन् । पदबहाली गर्दै प्रदेश प्रमुख गुरुङले संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न संविधानलाई आत्मसात गर्दै जिम्मेवारी बहन गर्ने बताए । […]