प्रेस सेन्टर नेपालको चितवनस्थित भरतपुर महानगरपालिकामा २०७८ मंसिर १८ र १९ गते सम्पन्न महाधिवेशनले १९ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणापत्र मार्फत नै प्रेस सेन्टर नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निकास दिन आग्रह गरेको छ ।प्रेस सेन्टर नेपालले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिताको पक्षमा दृढतापूर्वक उभिएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र नेपालको संविधानको रक्षाका निम्ति प्रतिगामी तत्वहरुविरुद्ध एकतावद्ध भएर सञ्चार क्षे