माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साना दलको साथ लिएर प्रदेशसभामा विश्वासको मत जुटाउने प्रयास थालेका छन् । मधेशवादी दल सरकारमै रहेको र राष्ट्रिय जनमोर्चाले पनि समर्थन फिर्ता नलिने विश्वासमा रहेका चौधरीले राप्रपाको समर्थन लिने प्रयास गरिरहेका छन् ।