प्रादेशिक अस्पताल जनकपुरधामले १ सय ३२ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । सोमबारदेखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् । प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिमा भर्ना भएका करारका कर्म