अर्थावभावका कारण अदुवाखेती गरेर विद्यालय संचालन

विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो । “अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भन्नुभयो …

सम्बन्धित सामग्री

विद्यालय चलाउन अदुवाखेती

विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो ।“अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भने । उनका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको

शिक्षकलाई तलब दिन विद्यालय परिसरमा अदुवाखेती

रोल्पा (अस) । निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवाखेती शुरू गरेको छ । रोल्पा नगरपालिका–२ देउरालीस्थित सरस्वती आधारभूत विद्यालयले अदुवा र केही फलफूलका बिरुवा लगाएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग उठाउँदै आएको विद्यालयले आफ्नै आय स्रोतबाट व्यवस्था गर्ने उद्देश्यले अदुवाखेती शुरू गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर ओलीले बताए । विद्यालयको आम्दानी बढाउन थप खेती विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष ओलीको भनाइ छ । विद्यालयको आम्दानी बढाउन शुरू गरिएको तरकारी र फलफूलखेतीमा अभिभावकहरूले पनि सहयोग गर्दै आएका छन् । सदरमुकाम नजिकै रहेको यो विद्यालयमा हाल ९० जना बालबालिका अध्ययन गरिरहेका छन् । विद्यालयले आम्दानीको स्रोतसँगै शैक्षिक गुणस्तर पनि वृद्धि गर्ने योजना बनाएको छ ।