काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना विवाद सम्बन्धि मुद्दाको सुनुवाई फेरि सरेको छ । सो वडामा पुनमतदान नभई पुनः मत गणनाको माग गर्दै भरतपुर(१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटमा न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासले शुक्रबार मुद्दाबारे बहस सुरू गरे पनि आजै नसकिने भएकाले सोमबारलाई सार्ने निर्णय गरेको हो।