काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले उपसभामुख पदकाे कुनै आवश्यकता नदेखेको भएकाले खारेज गर्न माग गरेका हुन्। उनले भने, ‘वास्तवमा हामी कस्तो संसदीय व्यवस्था अगाडि बढाउन गइरहेका छौँ। यहाँ उपसभामुख पद चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ। चाहिएको भए उपसभामुख अहिलेसम्म किन नियुक्ति भएन? उपसभामुखको कारणले खर्च बढ्छ भने पद नै खारेज गरौँ।’उनले उपसभामुखसँगै राज्यव्यवस्था तथा सु