सांसद शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग

१६ वैशाख, गण्डकी । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग गरेका छन् । शाहीले मंगलबार प्रदेशसभा सचिवालयमा दिएको स्वाबको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको तर पछि लाइफ केयर डाइग्नोस्टिक ल्याबमा गरेको भनिएको परीक्षणमा पोजेटिभ देखिएको भन्दै उनीहरुले छानबिनको माग […]

सम्बन्धित सामग्री

नक्कली पीसीआर रिपोर्ट प्रकरण : गंगालाल अस्पतालका ल्याब इन्चार्ज बर्खास्त

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्जलाई बर्खास्त गरिएको छ । छानबिन समितिको सिफारिसका आधारमा ल्याब इन्चार्ज विनोद कुमार यादवलाई बर्खास्त गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले रातोपाटीलाई बताए । डा. अधिकारीले भने–‘भविष्यमा हृदय केन्द्रका लागी अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको छ ।’ ल्याब इन्चार्ज यादवले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र प्राइभेट ल्याबको नाममा स

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा गंगालालका ल्याब इन्चार्ज बर्खास्त

काठमाडौँ। नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्जलाई बर्खास्त गरिएको छ। छानबिन समितिको सिफारिसका आधारमा ल्याब इन्चार्ज विनोद कुमार यादवलाई बर्खास्त गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।

गण्डकी प्रदेशसंसद बारे रामचन्द्र पौडेलको टिप्पणी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताए ।नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरूले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाए । बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग […]