काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलमा आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्।
खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।
यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ ।
सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।