क्रशर उद्योगमा राजनीति

जब जब गृहमन्त्रीलाई चर्चा कमाउनुपर्छ उनको एउटा काम हुन्छ क्रशर उद्योग बन्द गराउनु । क्रशर उद्योगमा सबैभन्दा बढी लगानी राजनीतिक नेतृत्व, प्रहरी कर्मचारी र टोले गुन्डाको रहेको पाइन्छ । विशुद्ध व्यवसायीले क्रशर उद्योग खोले कि त घाटामा जान्छ कि त अरूले त्यसलाई चलाउनै नसक्ने गरी समस्या खडा गरिदिन्छन् । क्रशर उद्योगबाट प्रहरीले हप्ता असुल्छ भन्ने कुरा व्यवसायीहरूले बताउने गरेका छन् । त्यही भएर गृहमन्त्रीको चासो यसमा देखिएको हो । क्रशर उद्योग बन्द गर्नेबित्तिकै निर्माणका काम ठप्प भएको हल्ला शुरू भइहाल्छ । क्रशर उद्योग बन्द भए पनि उत्पादित सामग्रीको स्टक त बजारमा हुन्छ तर निर्माण व्यवसायीको सम्बन्ध क्रशर उद्योगसँग भएकाले काम ठप्प भएको हल्ला तुरुन्तै शुरू भइहाल्छ । अनि गृह मन्त्रालयले एउटा बहाना बनाएर तिनलाई पुनः सञ्चालनको अनुमति दिन्छ । यो बन्द गराउनेबित्तिकै मन्त्रीकहाँ नजराना पुग्छ भनिन्छ । त्यसैले क्रशर उद्योग बन्द र खुला गराउने काम पटकपटक भइरहेको हो । अहिले पनि सरकारले विनाअनुमति र कुनै आयोजना विशेष खुलेका क्रशर उद्योगबाहेकका क्रशर उद्योगलाई वैधानिक रूपमा आउन आगामी असारसम्मको समयसीमा दिएको छ र प्रक्रिया पूरा गरी सञ्चालन गर्न पाउने बताएको छ । अवैध क्रशर उद्योग बन्द गराउने निर्देशन थियो भने वैध उद्योग कसरी बन्द भए ? अति वैधानिकवालालाई सञ्चालन गर्न दिने भनेर के निर्णय भएको हो ? वैध त यसै पनि सञ्चालन भइरहन पाउनुपर्ने थियो होइन र ? त्यसैले यो शब्दजाल बुनेर जनतालाई गुहराहमा राख्ने र प्रशासन र व्यवसायी मिलेर खेलेको खेल हो भन्ने स्पष्ट हुन्छ । सबैजसो उद्योगले सरकारी मापदण्ड नाघेको कुरा साँचो हो । तर, जुन कारण ती बन्द गरिए तिनको समाधान नखोजी किन खुला गरियो भन्ने प्रश्नको जवाफ सरकारले दिनै सक्दैन । त्यसैले सरकारको निर्णय नै गलत आशयले भरिएको थियो भन्ने देखिन्छ । सौरभ थापा बालाजु, काठमाडौं ।

सम्बन्धित सामग्री

अम्बे स्टीलको उद्योगमा आगलागी

जानकी गाउँपालिका–५ मा रहेको अम्बे स्टील उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ६:३० बजेतिर उक्त उद्योगमा आगलागी भएको हो।...

अम्बे स्टीलको उद्योगमा आगलागी

जानकी गाउँपालिका–५ मा रहेको अम्बे स्टील उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ६:३० बजेतिर उक्त उद्योगमा आगलागी भएको हो।...

दाङमा फर्निचर उद्योगमा भीषण आगलागी

दाङ । दाङमा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको हाे । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएकोजिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ गरी तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले […]

कुनै पनि उद्योगमा लोडसेडिङ छैन : कुलमान

नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ । बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारे ।केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ ।‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको समस्या हो, त्यो एक/दुई दिनमा समाधान भयो,’ उनले

सिमेन्ट उद्योगमा युवकको मृत्यु

हेटौंडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको मृत्यु भएको छ। उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको आज बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा...

१० महिनाको अवधिमा झापामा तीन ठूला उद्योगमा आगलागी

जुत्ता उद्योगमा आगलागी भएको दुई साता नबित्दै शनिबार मेचीनगर नगरपालिकास्थित मगमग चाउचाउ उद्योगमा आगजनी, एक अर्ब बढीको क्षति झापाको मेचीनगरस्थित काँकडभिट्टामा जुत्ता उद्योगमा आगलागी भएको ९ दिनमा फेरि अर्को ठूलो उद्योगमा...

फर्निचर उद्योगमा आगलागी

डडेल्धुराको एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिकास्थित तुफानडाँडा नजिक रहेको रविन काष्ठ उद्योग र देवलक्ष्मी मल्टी सप्लायर्स फर्निचर उद्योगमा आगलागी भएको हो । उक्त सप्लायर्स विगत लामो समयदेखि उद्योग सञ्चालन गरिरहेका लोकराज शर्माको रहेको प्रहरीले जनाएको छ । आगो करिव साढे १ बजे नियन्त्रणमा लिइएको भएपनि आगलागीबाट काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । आगलागी के, कसरी भयो भन्ने बारेमा थप बिवरण आउँन बाकी रहेको उनले बताए । तस्वीर, रासस

कटहरीको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी

मोरङको कटहरीस्थित एक उद्योगमा आगलागी भइरहेको छ । ग्लोबल बायो इनर्जी नामक उद्योगमा भएको आगो नियन्त्रणका लागि प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको उद्योगमा बिहान ५ः३० बजेदेखि आगो लागेको हो ।सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लागेको आगो नियन्त्रणका स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । विराटनगर, इटहरी, काने

कुन उद्योगमा कति अन्तराष्ट्रिय लगानी प्रतिबद्धता?

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा सबैभन्दा बढी अन्तर्राष्ट्रिय लगानी प्रतिबद्धता पर्यटन क्षेत्रका उद्योगमा आएको छ। उद्योग विभागका अनुसार यसक्षेत्रमा १०१ उद्योगका लागि १८अर्ब३१करोड रुपैयाँ प्रतिबद्धता आएकोे छ। कृषि क्षेत्रमा तीन उद्योगमा ५२करोड९० लाख, ऊर्जाका चार उद्योगमा एकअर्ब ५४ करोड, सूचना प्रविधि सम्बन्धित१५ उद्योगमा दुईअर्ब९५ करोड, १९ उत्पादनमूलक उद्योगका लागि दुईअर्ब८६ करोड र ४१ सेवामूलक उद्योगमा पाँचअर्ब९८करोड बराबरको प्रतिबद्धता आएको छ।

कुन क्षेत्रका उद्योगमा कति लगानी भयो ?

काठमाडौं।उद्योग विभागले गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी स्वदेशी लगानी उत्पादनमूलक उद्योगमा १९अर्ब५२ करोड४० लाख रुपैयाँ भएको जानकारी दिएको छ।कृषि तथा वन पैदावार उद्योगमा पाँच अर्ब ३४करोड८०लाख,ऊर्जामूलक उद्योगमा एक खर्ब ९अर्ब९७करोड४० लाख र प्रविधिमा आधारित उद्योगमा ८० करोड लगानी भएको छ।पूर्वाधार उद्योगमा १अर्ब७३करोड८० लाख,उत्पादनमूलक उद्योगमा १९अर्ब५२करोड४०लाख,खनिज क्षेत्रको उद्योगमा १२ रोड३० लाख,सेवामूलक उद्योगमा ५अर्ब६४करोड५लाख र पर्यटन उद्योगमा १३अर्ब४८करोड५लाख लगानी छ।