बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका सय जनाभन्दा बढी संक्रमित भेटिएका छन्।स्वास्थ्य अधिकारीले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका सय जनाभन्दा बढी संक्रमित बेलायतमा देखिएका हुन्।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यसबारे मन्त्रिपरिषदको बैठकमा जानकारी गराएका छन्। उनले योसमेत गरी बेलायतमा ओमिक्रोनका ४ सय ३७ जना संक्रमित भेटिएको बताएका छन्।बेलायती स्वास्थ्य अधिकारीले अनुसन्धान जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै तीव्र गतिमा फैलिने