हुम्लाको एउटै गाउँपालिकाबाट ८२५ स्वाब सङ्कलन गरी जुम्ला पठाइयो

हिमाली जिल्ला हुम्लाको एउटै गाउँपालिकाबाट ८२५ स्वाब सङ्कलन गरी काेराेना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । दुई दिन लगाएर सङ्कलन गरिएको स्वाब हवाईमार्गबाट सिधा जुम्ला टेकअफ गर्ने गरी पठाइएकाे हाे । सिमकोट गाउँपालिकाका आठ वटै वडामा जिल्ला बाहिरबाट भित्रिएर क्वारेन्टाइनमा बस्दैआउनुभएको व्यक्तिहरूको स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सीता एयरमा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताउनुभयो ।

सम्बन्धित सामग्री

जुम्ला कारागारका कैदीबन्दीमा संक्रमण

जुम्ला । जुम्लाको कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ । कारागारमा रहेका १५ जना कैदीबन्दीलाई पनि कोरोना संक्रमण देखिएको हो । कैदीबन्दीमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब सङ्कलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण  देखिएको हो ।

कालीकोट जिल्ला प्रशासन कार्यालय चार दिनका लागि सिल

कालीकोट – एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कालीकोट चार दिनका लागि सिल गरिएको छ । कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेसहित १४ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रशासन कार्यालयले जनाएकाे छ ।  अहिलेस...

हुम्लामा सङ्कलन गरिएका ८२५ वटै स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ

जिल्लाको एउटै गाउँपालिकाबाट काेराेना परीक्षणका लागि ८२५ स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएका स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । दुई दिन लगाएर परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ आउँदा हुम्लामा त्रास हटेको छ । हवाई मार्गबाट सिधा जुम्ला पठाई पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डा. मङ्गल रावलले बताउनुभयो । उहाँका अनुसार सिमकोट गाउँपालिकाबाट आएका ८२५ वटै स्वाबको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको र प्रतिष्ठानले दुई दिन लगाएर स्वाबको पीसीआर परीक्षण गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपछि हुम्लामा त्रास हटेको छ ।

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले कोरोनाकै कारण उनको मृत्यु भएको जानकारी दिए । भौगोलिक विकटताका कारण मृत्युपछि २२ गते स्वाब सङ्कलन गरी जुम्ला …

https://www.onlinekhabar.com/2020/05/865855

७ जेठ, सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ । हुम्लाका पाँच स्थानबाट ६००, कालीकोटका नौ स्थानबाट ६५३ जनाको र मुगुका दुई स्थानबाट पनि …

एक हजार ७५३ जनाको स्वाब जुम्लामा ल्याइयो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ।

एक हजार ७५३ जनाको स्वाब जुम्लामा ल्याइयो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ । हुम्लाका पाँच स्थानबाट ६००, कालिकोटको नौ स्थानबाट ६५३, मुगुको दुई स्थान र केही गाडीमा ल्याएको सहित ५०० गरेर एक हजार ७५३ जनाको स्वाब जुम्ला ल्याइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाद्वारा हेलिकोप्टरबाट स्वाब सङ्कलन

साबिकका कर्णाली अञ्चलमा जिल्लाहरूमा स्वाब सङ्कलन र काेराेना परीक्षणको जिम्मेवारी पाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हुम्ला जिल्लामा हेलिकोप्टरबाट स्वाब सङ्कलन कार्य अगाडि बढाएको छ । सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा यसअघि प्रतिष्ठानबाट खटिएको चिकित्सकसहितको टोलीले सङ्कलन गरेका स्वाब हेलिकोप्टरमा ढुवानी गरेर जुम्ला लगिनेछ ।