नेपाल विद्युत् प्राधिकरणको ‘व्याकअप’को रुपमा रहेको कुलेखानी जलाशय यो वर्ष भरिने अवस्थामा पुगेको छ । जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले कुलेखानीको जलाशय इन्द्रसरोवर यो वर्ष भरिने अवस्थामा पुगेको हो । कुलेखानी जलाशयमा बिहीबार बिहान ८ बजेसम्म एक हजार ५ सय २३ दशमलब ५० सेन्टिरमिटर पानी संकलन भएको छ ।