काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको प्रकरणमा चारजना पक्राउ परेका छन् । त्रिवि मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरमा कार्यरत फार्मेसी अधिकृत झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । काठमाडौं प्रहरी परिसरका अनुसार अस्पतालका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त […]