गुम्बा बनाउन दस लाख सहयोग

दमौली, २४ मङ्सिर । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले दस लाख पाँच सय ६५सहयोग गरेका छन् । निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उनले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराइएको बताइएको छ । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको […]

सम्बन्धित सामग्री

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो ।

सेवानिवृत्त हवल्दारको पहलमा बन्यो गुम्बा

स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो। गुम्बा बनाउन उनले १० लाख पाँच सय ६५ रुपैयाँ सहयोग गरेका छन्।

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

दमौली । बन्दीपुर गाउँपालिका-४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले रु १० लाख पाँच सय ६५ सहयोग गरेका थिए । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि […]

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो ।

१ करोड ३५ लाख लागतमा गुम्बाको पुनर्निर्माण

दोलखा (अस) । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा १ करोड ३५ लाख ९० हजार रुपैयाँको लागतमा लप्चे गुम्बाको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा गुम्बा व्यवस्थापन समितिको लागत सहभागितामा गुम्बा पुनर्निर्माण गरिएको हो । गुम्बा पुनर्निर्माणका लागि प्रधिकरणबाट ९५ लाख ११ हजार उपलब्ध गराइएको र स्थानीय गुम्बा व्यवस्थापन समितिले ४० लाख ७६ हजार रुपैयाँ जुटाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाका प्रमुख रामप्रसाद पोखरेलले बताए । निरन्तर कार्यालयको अनुगमन तथा व्यवस्थापन समितिको कुशल काम गराइका कारण नमूना आकर्षक गुम्बा निर्माण भएको प्रमुख पोखरेलको भनाइ छ । गुम्बा निर्माण करीब सम्पन्न भइसकेको र केही सामान्य काम मात्र बाँँकी रहेको पुनर्निर्माण प्राधिकरण दोलखाले बताएको छ । ३०० वर्षभन्दा पुरानो उक्त गुम्बा पुनर्निर्माणका लागि चालू आर्थिक वर्षको मंसिर ३० गते सम्झौता भएको थियो । भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचको चनौटे डाँडामा रहेको प्राचीन लप्चे गुम्बा २०७२ सालको भूकम्पले भत्किएको थियो । गुम्बाको पुनर्निर्माणमा स्थानीयले श्रमदान र आर्थिक सहयोग गरेकाले समयमै सम्पन्न भएको लप्चे गुम्बाका प्रमुख गणेशबहादुर लामाले बताए । स्थानीय र प्राधिकरणबाट गुम्बाको पुनर्निर्माण हुनुले बौद्ध दर्शनको पवित्र थलो पुनर्जीवित भएको उनको भनाइ छ । गुम्बाको पुनर्निर्माणबाट यस क्षेत्रको पर्यटनको विकासमा समेत योगदान पुग्ने स्थानीयहरूको विश्वास छ । आगामी दिनमा यो गुम्बालाई बौद्ध दर्शन अध्ययनको थलो बनाउन काम भइरहको बौद्ध दर्शनका अध्येता स्थानीय सोनाम छेम्बुले बताए ।