बाजुराको सदरमुकाम मार्तडीमा मङ्गलबारदेखि बस सुचारु भएका छन् । गत साउन २५ गते राती आएको बाढी पहिरोका कारण साँफे मार्तडी राजमार्ग अन्तरगत पर्ने बार्जुगाड देखि मार्तडीसम्म पर्ने बीचबीचको सडक भत्किएपछि तलबाट आएका सवारी साधान बूढीगङ्गा नगरपालिकाको –२ बल्देमै रोकीदै आएका थिए ।