सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीद्वारा सपथग्रहण

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीद्वारा सपथग्रहण राजधानी संवाददाता 1 min ago 0 13/11/2018 धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मन्त्री सुवेदीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले…

सम्बन्धित सामग्री

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै

बुटवल  ।  लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन् । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ । एमाले प्रदेश संसदीय दलका नेता गिरी […]

लुम्बिनी प्रदेशका सांसद्काे शपथ आज

दाङ – लुम्बिनी प्रदेशसभा सदस्यको सपथग्रहण आज दिउँसो १ बजे हुँदैछ। प्रदेश सभाको नवनिर्मित भवनबाट शपथ लिने कार्यक्रम तय गरिएकाे छ। राप्ती उपत्यका देउखुरीमा पाँच करोड २० लाख लागतमा नयाँ प्रदेशसभा भवन बनाइएको छ। यही भवनबाट शपथ लिँदैछन्। आइतबार दिउँसो प्रदेशसभा सदस्यले प्रदेश प्रमुख अमिक शेरचन समक्ष शपथ लिने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार […]

बागमती प्रदेश : अल्पमतमै शुरु भयो नियुक्ति र सपथग्रहण

न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष र ३ सदस्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सपथग्रहण गरिएको छ । प्रदेश सरकारमा अल्पमतमा रहनुभएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् बिस्तारसँगै आफ्ना नजिकका र एमालेका नेता/कार्यकर्तालाई नियुक्ति दिन सुरु गर्नुभएको हो । प्रदेशकी मुख्यमन्त्री तथा आयोग अध्यक्ष शाक्यले आयोग उपाध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराउनुभयो […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई  सपथग्रहण गराएका हुन् । माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  उनलाई प्रदेशसभाका ४२ जना सदस्यहरुले समर्थन गरेका छन् ।

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा लुम्बिनी प्रदेशमा प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए राष्ट्रपतिबाट सपथ

काठमाडौँ। गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुखहरूले आज सपथग्रहण गरेका छन्। आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीता पौडेल र सुदूरपश्चिम प्रदेशका प्रमुख गङ्गाप्रसाद यादवलाई सपथग्रहण गराएकी छिन्। सपथ समारोहमा प्रधानमन्त्री ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिए। आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेल र यादवलाई नयाँ प्रदेश प्रमुखका लागि सिफारिस गरेको थियो।

अवरोधका बीच लुम्बिनीका मुख्यमन्त्रीद्वारा सपथग्रहण

काठमाडौं (अस) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा आइतबार साँझ सपथग्रहण गराइएको हो । प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए । नाराबाजीकै बीच सपथग्रहण भएको हो । यसअघि, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको १२ घण्टा नबित्दै पुनः सोही पदमा नियुक्त भएका थिए  । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतवार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए । आइतवार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई पोखरेलले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै राजीनामा बुझाएका थिए । लुम्बिनी प्रदेशमा सत्तासमीकरणमा रस्साकस्सीका बीच तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वली माओवादी केन्द्रतर्पm लागेपछि एमालेका पोखरेलले बहुमत गुमाएको विपक्षीको भनाइ थियो । ‘अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त नगर्न २ घण्टा अगाडि भेटेर जानकारी गराउँदागराउँदै नियुक्त गर्नु आपत्तिजनक, निन्दनीय र असंवैधानिक छ,’ मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले बताए । यसैबीच, लुम्बिनी प्रदेशमा भएको राजनीति उथपुथलको बारेमा आइतवार आकस्मिक रूपमा एमाले अध्यक्ष प्रम केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक डाकेर छलफलसमेत गर्नुभएको थियो । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बैठकबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्री ओलीले लुम्बिनीलगायत प्रदेशहरूमा पार्टी भित्रैबाट उत्पन्न स्थितिको गम्भीरताबारे जानकारी गराउनुभयो ।,’ बालुबाटार बैठकमा ओलीले पार्टीभित्रबाटै केन्द्रदेखि प्रदेशसम्म घात गर्नेलाई थप ‘एक्शन’ लिने संकेत गरेको नेताहरूको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलद्वारा सपथग्रहण

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दोस्रोपटक मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। आज साँझ विपक्षी दलहरूको विरोधका बीच मुख्यमन्त्रीकै कार्यालयमा प्रदेश प्रमुख धर्मनाथ यादवले सपथ खुवाएका हुन्। विपक्षी दलहरुले अल्पमतमा परिसकेको दलका नेतालाई मुख्यमन्त्री बनाउन नहुने भन्दै नाराबाजीमा उत्रिएका छन्। आजै बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। विमला वलि माओवादी केन्द्रमा प्रवेश गरेपछि अहिले लुम्बिनीको राजनीति पेचिलो बनेको छ।

विपक्षीको विरोधबीच पोखरेललाई पद तथा गोपनीयताको सपथ

काठमाडौं : विपक्षी गठबन्धनको धर्नाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ। प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा भर्खरै सपथग्रहण गराइएको हो।प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए। विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए। पोखरेलले पार्टीको एकलौटी सरकार बनाउन आइतबार बिहान राजीनामा दिएका थिए।  र

उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशमा सपथग्रहण तथा पद हस्तान्तरण

नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आज बुटवलमा भएको छ । पदहस्तारण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद शर्माले यो प्रदेशमा निजी क्षेत्रका तमाम समस्या भएपनि तीनै तहका सरकारसँग मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए ।नेपाल उद्योग बाणिज्य महासंघ  लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष  गुणनिधि तिवारीले सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेश धेरै राम्रो र सम्भावना भए्को प्रदेश भएकको वताए ।कार्यक्रममा केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ &nbs