काठमाण्डौ – देशभरका ७ सय ५३ मध्ये अहिलेसम्म ४ सय ९६ वटा पालिकाले मात्र बजेट विवरण प्रविष्ट गरेका छन् ।
आ–आफ्नो गाउँ तथा नगर सभामा पेस भएको बजेटलाई पालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट विवरण पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ ।
आज बिहान ८ बजेसम्मको विवरण अनुसार अझै २ सय ५७ वटा पालिकाले बजेट विवरण प्रविष्ट गर्न बाँकी रहेको छ ।
मन्त्रालयले यसअघि नै पालिकालाई बजेट विवरण प्रविष्ट गर्न अनुरोध गरिसकेको छ ।
मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरी आर्थिक वर्ष २०८०/८१ को ब...