नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टलाई एक बनाउने आफ्नो मिसन भएको बताए । ‘नेपालमा अलि वैज्ञानिक विचार राख्ने भन्या कम्युनिस्टहरु नै हुन । विज्ञानलाई दर्शनको रुपमा दर्शनलाई विज्ञानको रुपमा आत्म साथ गरेको पाईन्छ । त्यसकारण सबै कम्युनिस्टहरुलाई एक ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्