निःशुल्क कानूनी सहायताका लागि ‘प्रो–बोनो’ को सम्मेलन

काठमाडौं (अस) । आर्थिक रूपले कमजोर वर्गलाई निःशुल्क कानूनी सहायता प्रदान गर्ने उद्देश्यले संसारभरि प्रचलनमा रहेको ‘प्रो–बोनो’ कानून व्यवसायीहरूको पहिलो राष्ट्रिय सम्मेलन शनिवार काठमाडौंमा सम्पन्न भएको छ । खासगरी पछिल्लो समय वैदेशिक रोजगारी र मानव बेचबिखनका घटना बढ्दै गएको र उनीहरूले आर्थिक समस्याका कारण कानूनी सेवा पाउन नसक्ने अवस्था आएपछि ‘प्रो–बोनो’ सम्मेलन गरिएको हो । ‘प्रो–बोनो’ भनेको हरेक कानून व्यवसायीले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितलाई स्वेच्छिक निःशुल्क कानूनी सेवा प्रदान गर्नु हो । यूएसएआईडी र बिट्रिश राजदूतावासको सहयोगमा विनरक इन्टरनेशनले कार्यान्वयन गरेको हाम्रो सम्मान परियोजना, मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) र नेपाल बार एशोसिएशनले कार्यक्रम गरेका हुन् । कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले समतामूलक समाज निर्माणका लागि स्वेच्छिक निःशुल्क कानूनी सेवाको आवश्यकता रहेको बताइन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले श्रमिक वर्गका लागि यस्तो सेवाको झनै आवश्यकता रहेको बताए । श्रम, आप्रवासन विज्ञ तथा ‘प्रो–बोनो’ कानून व्यवसायीहरूको नेटवर्कका संयोजक सोम लुइँटेलले कानून विज्ञहरूको सानो सहयोगले पीडितको जीवनमा ठूलो परिवर्तन हुन सक्ने भएकाले यस्तो सेवाको आवश्यकता परेको बताए । सोही कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका नेपाली पीडित हुने क्रम बढेकाले यस्तो सेवाको नेटवर्क अन्य मुलुकमा पनि हुनुपर्ने धारणा राखे । बार एशोसिएशनका अध्यक्ष चन्डीप्रसाद श्रेष्ठले ‘प्रो–बोनो’ सेवा प्रदान गर्नु हरेक कानून व्यवसायीको दायित्व भएको बताए । विश्वका अन्य मुलुकमा भने यस्तो सेवा धेरै वर्षअघिदेखि प्रचलनमा रहँदै आएको छ ।

सम्बन्धित सामग्री

महिला श्रीमानहरूको पहिलो सम्मेलन

नेपालमै पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन हुन लागेको छ। ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक भोलि र पर्सि ललितपुरमा महिला न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन हुन लागेको हो।...

अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन काठमाडौंमा सुरु

सार्कस्तरिय वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु भएको छ।   १८ औं एसएफओ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन तथा छैठौ एसएफओ नेपाल सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको हो।

म्याग्दी कांग्रेसको सम्मेलन स्थगित

म्याग्दी- नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन स्थगित भएको छ। जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए। विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय नहुँदासम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए। कांग्रेसको विधानअनुसार यही कात्तिक १९ गते सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा सात सय ५० जनाभन्दा बढी सहभागी […]

काठमाण्डाैमा कफी सम्मेलन हुने

काठमाण्डाै - काठमाण्डौमा असार २ गतेदेखि ५ गतेसम्म राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने भएको छ । नेपाल कफी व्यवसायी महासङ्घले काठमाण्डाैकाे नयाँबजारमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, आयोजना गर्न लागेको हो । महासङ्घले कफीको आन्तरिक एवं बाह्य बजार प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन एवं प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी दिएको छ । प्रदर्शनीमा ४० वटाभन्दा बढी स्टल रहने महासङ्घले जनाएकाे छ । सम्मेलनमा कफीसँग सम्बन्धित विभिन्न विधामा प्रतिस्पर्धा र पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ । उद्यमी व्यवसायीका...

बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन हुने

१८ माघ, बुटवल । बुटवलमा देशभरका उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा आगामी माघ २१ र २२ गते सम्मेलन हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले जानकारी गराएको छ । सम्मेलनमा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता हुने प्रमुख खेलराज पाण्डेयले बताए । ‘उपमहानगरलाई संविधानले […]

मुख्यमन्त्री सम्मेलन स्थगित

काठमाडौं । लुम्बिनी प्रदेशमा गर्न लागिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारका पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन तय गरिएको तर राजनीतिक घटनाक्रम बदलिएकाले सम्मेलन स्थगित भएको जनाइएको […]

मुख्यमन्त्री सम्मेलन स्थगित

काठमाडौं : लुम्बिनी प्रदेशमा गर्न लागिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।प्रदेश सरकारका पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव साटासाट गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको थियो। बदलिँदो राजनीतिक घटनाक्रमका कारण पनि सम्मेलन स्थगित भएको बताइएको छ।

ओलीले आज पत्रकार सम्मेलन गर्दै

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको जानकारी दिए । पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा राखिएको उनको भनाइ छ ।

माओवादीको प्रदेश सम्मेलन शनिबार

नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो।...

शान्तिबाटिकामा काग सम्मेलन

१७ कात्तिक, काठमाडौं । काग तिहारको अवसरमा आज काठमाडौंको शान्तिबाटिका गेटमा काग सम्मेलन गरिएको छ । विगत १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले यस वर्ष पनि १८औं काग सम्मेलन गरेका हुन् । रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा गरेका थिए । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन कार्यक्रमलाई ग्रिनसिटी […]