काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार रिहा हुने भएका छन् । शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने भएकाे हाे । धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै लामिछाने थुनामुक्त हुने भएका छन् । बिहिबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। […]