काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएको छ। कम्पनीले शुक्रवार ५० प्रतिशत कर्मचारी कटौती गरेको एएफपीले जनाएको हो ।मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्। ‘ट्वीटरमा काम गर्ने मेरो समय सकिएको खबर सुनेर उठेँ। म दुखी छु। म अन्योलमा छु’, अमेरिका र क्यानडाका लागि ट्वीटरका सार्वजनिक नीति निर्देशक मिशेल अस्टिनले भने।