काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले राष्ट्रपति एकपटकसम्म, प्रधानमन्त्री दुईपटकसम्म, मन्त्री तीनपटकसम्म र चारपटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित युवासँगको अन्तरक्रिया कार्यक्रममा उनले एकै व्यक्तिलाई सिंहदरबार छिर्ने...