हिमालयन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार १५ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको १८ लाख ३० हजार ४ सय ७९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म अईपिओ निष्काशन गरेको थियो । कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको छ ।