मेक इन नेपाल स्वदेशी समिट २०२२: बजेटमा स्वदेशी वस्तु प्रवर्द्धन दशकको माग

आगामी बजेटमा स्वदेशी वस्तुको उत्पादन प्रवर्द्धनका लागि विशेष रणनीति बनाई कार्यान्वयन गर्न विज्ञहरूले जोड दिएका छन् । आन्तरिक उत्पादन नबढाई अकासिएको व्यापार घाटा र त्यसले सिर्जना गरेको आर्थिक संकटको समस्या समाधान गर्न नसकिने भएकाले आगामी एक दशकलाई स्वदेशी वस्तु प्रयोग, प्रोत्साहन तथा संरक्षण दशकका रूपमा घोषणा गर्नुपर्ने उनीहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’को घोषणा

आगामी दशकलाई ‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’का रूपमा अघि बढाउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग परिसङ्घले स्वदेशी वस्तु उत्पादन र उपभोग वृद्धि दशक घोषणा गर्ने र ‘मेक इन नेपाल’ अभियान कार्यान्वयनमा सहयोग गर्ने सरकारको घोषणाप्रति आभार प्रकट गरेको हो । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा …

‘मेक इन नेपाल–स्वदेशी अभियान’को वेबसाइट र एप सार्वजनिक

काठमाडौं (अस) । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी अभियान’ अन्तर्गत वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मंगलवार ‘स्वदेशी डटकम डटएनपी’ र मोबाइल एप सार्वजनिक गरेका हुन् । स्वदेशी अभियानमा आबद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनबाट आवदेन दिन सक्ने व्यवस्था मिलाइएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी स्वदेशी अभियानका जानकारी पनि मोबाइल एप्लिेकेसन र वेबसाइटमा समावेश छ । स्वदेशी अभियानमा अहिलेसम्म ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आबद्ध भएको बताइएको छ । नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्नेगरी अभियानको प्रारम्भ गरिएको परिसंघको बताएको छ । स्वदेशी बेवसाइट सार्वजनिक गर्दै परिसंघका अध्यक्ष अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको माग बढाउने उद्देश्य अभियानले राखेको बताए । स्वदेशी वस्तुको माग बढ्दै जाँदा त्यसले औद्योगिकीकरणमा पनि टेवा दिने उनले उल्लेख गरे । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि बढाएको बताए । परिसंघका अर्का उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने लक्ष्य अभियानले राखेको उल्लेख गरे ।

नेपाल उद्योग परिसंघद्वारा ‘मेक इन नेपाल- स्वदेशी’ को वेबसाइट र एप सार्वजनिक

मंसिर २१, काठमाडौं । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको आधिकारिक वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । मंगलवार राजधानीमा आयोजित एक समारोहका बीच परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले ‘स्वदेशी डट कम डट एनपी’ वेबसाइट र मोबाइल एप सार्वजनिक गरेका हुन् । परिसंघले आफ्नो स्वदेशी अभियानलाई अगाडि बढाउने क्रममा उक्त वेबसाइट र एप सार्वजनिक गरेको हो ।अध्यक्ष अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वास बढाउने उद्देश्य उक्त अभियानले राखेको बताए । ‘यो अभियानले उपभोक्तामाझ स्वदेशी वस्तुको विश्वास र माग पनि बढाउने लक्ष्य लिएको छ,’ उनले भने, ‘यसले देशको औद्योगिकीकरणमा पनि सहयोग पुर्‍याउनेछ । यसका लागि आवश्यक नीतिगत मध्यस्थताका विषयमा सरकारलाई अध्ययनसहितको प्रतिवेदन पनि बुझाउनेछौं ।’ परिसंघको उक्त अभियानमा आबद्ध हुन उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनमार्फत आवेदन दिन सक्छन् । साथै वेबसाइट र एप्लिकेसनबाट उक्त अभियानबारे जानकारी लिन सकिने व्यवस्था रहेको परिसंघले बताएको छ । उक्त अभियानमा अहिलेसम्म ४० ओटा स्वदेशी वस्तु तथा सेवा उत्पादक आवद्ध भएका छन् । ‘नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्छन्,’ परिसंघका अध्यक्ष अग्रवालले भने । स्वदेशी अभियानका सात ओटा स्तम्भ रहेका छन् । जसमा उत्पादनसँग सम्बन्धित चार ओटा र उपभोगसँग सम्बन्धित तीन ओटा स्तम्भ रहेका छन् । नेपाली उद्योगका लागि व्यवसायमैत्री वातावरण, आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजीगत खर्च, सेवा क्षेत्रको आधुनिकीकरण, नेपाली उपभोक्ताद्वारा स्वदेशी वस्तुको उपभोग, सार्वजनिक खरीदमा स्वदेशीलाई प्राथमिकता र स्वदेशी वस्तुको निर्यात यस अभियानका स्तम्भ हुन् । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएकाले सुधारका लागि परिसंघले यो अभियान अघि बढाएको बताए । परिसंघका अर्का उपाध्यक्ष हेमराज ढकालले नेपालको विदेशी व्यापार घाटालाई कम गर्न र निर्यातलाई बढाउन यस अभियानको लक्ष्य रहेको बताए ।   स्वदेशी वर्किङ कमिटीका संयोजक हितेश गोल्छाले बेवसाइट र एप्लिकेसनबाट अभियानबारे जानकारी पाइने उल्लेख गर्दै यसमा आबद्ध हुन अनुरोध गरेका छन् ।  उक्त अधियान अन्तर्गत वार्षिक १ हजार उद्योग दर्ता, सन् २०२५ सम्ममा कुल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने, वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सृजना गर्ने र आगामी ५ वर्षमा निर्यात ४ दशमलव ६ अर्ब डलर बराबरको पुर्‍याउने लक्ष्य रहेको छ । नेपालको औद्योगीकरणको उद्देश्य राखेर शुुरु गरिएको अभियान विसं २०७७ फागुन २७ गते तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । उक्त अभियान कार्यान्वयनका लागि सरकार र नेपाल उद्योग परिसंघ बीच २०७८ असार १० गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रमले स्वदेशी वस्तु खपत बढाउने परिसंघको विश्वास

काठमाडौं।सरकारले सार्वजनिक गरेको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमले कोभिड–१९ को महामारी नियन्त्रणको लक्ष्य लिनु सकारात्मक भएको उद्योग परिसंघले बताएको छ।एक विज्ञप्ति जारी गर्दै परिसंघले उक्त कार्यक्रमले औद्योगीकरण र उत्पादनमूखी अर्थतन्त्रमा जोड दिने विश्वास व्यक्त गरेको हो।कार्यक्रमले परिसंघले अघि बढाएको'मेक इन नेपाल स्वदेशी–अभियान’लाई विशेष सहयोग गर्ने बताइएको छ।परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन र उपभोग वृद्धिका लागि अभियान सञ्चालन गरिरहेको छ।

मेक इन नेपाल-स्वदेशी अभियान : RajdhaniDaily.com

RajdhaniDaily.com | नेपालका स्वदेशी वस्तु वा सेवाको उत्पादन उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाइएको ‘मेक इन नेपाल— स्वदेशी अभियान’ कार्यक्रम कार्यन्वयन हुने - मेक इन नेपाल

‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा परिसंघ र सरकार बीच समझदारी

असार ११, काठमाडौं । नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन गर्नका लागि सरकारसँग समझदारी गरेको छ ।  परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा सरकारले आफ्नो साझेदारी प्रस्तुत गरेको हो । बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको एक कार्यक्रममा सरकारका मुख्य सचिव शंकरदास बैरागीले देशलाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न यो अभियानसँगको साझेदारी कोसेढुंगा साबित हुने बताए । कार्यक्रममा परिसंघका अध्यक्ष सतीशकुमार मोरले स्वदेशी वस्तुको उत्पादनका लागि यो अभियान महत्वपूर्ण रहेको बताए  । त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समझदारीपछि अभियानका लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए । नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि तथा प्रवद्र्धन गरी निर्यात गर्नका लागि यो अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गर्नुभएको थियो । यो अभियानको मुख्य उद्देश्य नेपाली उत्पादन वृद्धि गरी आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माण गर्न सहयोग गर्नु, नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनको उपभोग गर्न प्रोत्साहन गर्नु र नेपाली उत्पादनको बजारीकरण गरी विश्व बजारमा नेपाली वस्तु र सेवाको उपलब्धता बढाउनु, देशभित्रै रोजगारीको पर्याप्त अवसर सिर्जना गर्नु र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा सहयोग गर्नु रहेको बताइएको छ ।

‘मेक इन नेपाल–स्वदेशी’ अभियानका लागि परिसंघ र सरकारबीच समझदारी

नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघबीच समझदारी भएको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा नेपाल सरकारले प्रतिवद्धतासमेत जनाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाललाई […]

मेक इन नेपाल अभियानमा परिसंघ र सरकारबीच समझदारी

नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन गर्नका लागि सरकारसँग समझदारी गरेको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा सरकारले आफ्नो साझेदारी प्रस्तुत गरेको हो ।