काठमाडौँ – सरकारले निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भारत भ्रमणमा जान रोकेको छ। भारतीय निर्वाचन आयोगको संयोजनमा सोमबारदेखि हुने चुनावसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा जान भण्डारीले सरकारसमक्ष अनुमति मागे पनि मन्त्रिपरिषदले स्वीकृति नदिएको हो। आयोग स्रोतका अनुसार दिल्लीमा सोमबारदेखि ‘डेमोेक्रेसी एण्ड इलेक्सन समिट’ हुँदैछ। भारतीय निर्वाचन आयोगको आग्रहमा नेपालको निर्वाचन आयोगले भण्डारीलाई कार्यक्रममा पठाउने औपचारिक जानकारी दिएको […]