बझाङ दुर्घटना : सातकाे मृत्यु, १६ घाइते [अपडेट]

बझाङको मष्टा गाउँपालिका १ तुफानडाँडाँ नजिकै जीप दुर्घटना हुँदा सातजनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। बुधबार साँझ साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने...

सम्बन्धित सामग्री

बझाङ दुर्घटना अपडेट : सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको निधन

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।  प्रहरी नायब उपरीक्षक तिवारीका अनुसार मन्त्री सिंहलाई दुर्घटनास्थलबाट थप उपचारका लागि अपराह्न ४ः१६ मा कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको इलाका इन्चार्ज तिवारीले जानकारी दिए । उनका अनुसार दुवैको अवस्था मध्यम छ ।  दुर्घटनामा घाइते मन्त्री पत्नी अमृता र नातामा भाउजू पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।   प्रदेश मन्त्री सिंह चढेको सुपप्र १००१ झ ४८ नम्बरको जीप डडेलधुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो । रासस

बझाङ दुर्घटना अपडेट : मन्त्रीसहित पाँच जना गम्भीर घाइते

कैलाली- बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा पर्दा त्यसमा सवार मन्त्रीसहित पाँच जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५०...

बझाङ दुर्घटना : घाइतेहरुको उपचारका लागि ६ लाख ५० हजार सहयोग

बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि ६ लाख ५० हजार सहयोग उपलब्ध भएको छ।   बिहीबार कार्यपालिकाको बैठक बसी मृतकहरुप्रति समवेदना प्रकट गर्दै घाइतेको उपचारका लागि जयपृथ्वी नगरपालिकाले...

बझाङ दुर्घटना : मृतकको संख्या आठ पुग्यो [अपडेट]

बझाङको मस्टा गाउँपालिका- १ तुफानडाँडानजिकै जिप दुर्घटना ज्यान गुमाउनेकाे संख्या आठ पुगेकाे छ। साथै दुर्घटनामा १५ जना घाइते भएका छन्। बुधबार साँझ साढे ४ बजे मस्टा गाउँपालिका- १ डुग्रीबाट भातेखोला जाने क्रममा सु–प–प्र–००१...

क्षमताभन्दा बढी यात्रु बोक्दा बझाङ दुर्घटना, सातै जना मृतकको सनाखत

बझाङमा क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा बुधबार जिल्लाको मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना भएको हो ।क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको र १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार  सुर्मादेवी मेला हेरेर घर फर्किने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।मृत्यु हुनेमा मष्टा गा