सिन्धुपाल्चोक-१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा एमालेका सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गर्नुभएको छ ।  क्षेत्र नं १ प्रदेस १ मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल दुई...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक–१ मा माओवादी र एमालेबीच कडा टक्कर, ३५ मतले सुवोध अगाडि

काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा (एमाले) का सरेश नेपालले कडा टक्कर दिएका छन् । नेपाल सुवोधभन्दा ३५ मतले पछि छन् । अहिले बलेफीमा गणना जारी । अब […]

सिन्धुपाल्चोक १ मा पछि परे सरेश नेपाल, ४ मतले पहिलो पटक अघि लागे माधव सापकोटा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले अग्रता लिएका छन् । सुरुवाती चरणदेखिनै अग्रता लिएका एमालेका उम्मेदवार सरेश नेपालभन्दा ४ मतले लिड गरेका हुन् । पछिल्लो मतपरिणामनुसार माओवादीका सापकोटाले १८ हजार ३८५ मत ल्याएका छन् । एमालेका नेपालले १८ हजार ३८१ मत ल्याएका छन् । माओवादीका सापकोटाले पहिलो पटक अग्रता लिएका […]

सिन्धुपाल्चोक १ मा  माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा, २ मा कांग्रेसको अग्रता

सोमबार साँझ ७ बजेदेखि सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । क्षेत्र नं. १ मा एमालेका सरेश नेपाल र माओवादी केन्द्रका माधव सापकोटा सुवोधबीच कडा प्रतिस्पर्धा छ । क्षेत्र...

सिन्धुपाल्चोक १ मा एमालेका सरेश नेपाल, २ मा कां‌ग्रेसका मोहन बस्नेतको अग्रता

सोमबार साँझ ७ बजेदेखि सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । क्षेत्र नं. १ मा एमालेका सरेश नेपालले अग्रता लिएका छन् । भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिका वडा नं....

भीम रावल र घनश्याम भुसाललाई दण्डित गरेर कम्युनिष्ट आन्दोलन बन्दैन: अरुण नेपाल

काठमाडौं । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपालले पार्टी नेतृत्वले भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् । सिन्धुपाल्चोक १ मा टिकटको दाबी गरेका नेता नेपालले उम्मेदवारी दर्ताको भोलिपल्ट नेतृत्वमाथि प्रश्न उठाएका हुन् । सिन्धुपाल्चोक १ मा ओेली निकटका सरेश नेपालले टिकट पाएका छन् । नेता नेपालले फेशबुकमा लेखेका […]

सिन्धुपाल्चोक-१ : एमालेमा नेपाल बन्धुको विकल्पमा तेस्रो पात्रको इन्ट्री

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा-१ का लागि पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सरेश नेपाल, नेताहरू भरत पराजुली र बादल तामाङको नाम सिफारिस गरेको छ ।

सिन्धुपाल्चोक–१ बाट अग्निप्रसाद सापकोटासहित ३ जनाको नाम सिफारिस

१९ भदौ, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट उम्मेद्‍वार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. १ समितिको बैठकले सापकोटासहित फुलम तामाङ र माधव सापकोटाको नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले प्रतिनिधिसभा–१ (क) मा सरल सहयात्री पौडेल सिफारिस भएका छन् । त्यस्तै प्रदेशसभा (ख)का लागि अम्बिका नेपाल, […]