इजरायली शहर तेल अभिभतर्फ हमासको रकेट हमला

काठमाडौं । गाजाका सशस्त्र समूह हमासले इजरायलको राजधानी तेल अभिभतर्फ रकेट हमला लगेको छ । रुसी स्वामित्वको टेलिग्राम च्यानलमा हमासले हमला गरेको पुष्टि गरेको छ । बीबीसीका अनुुसार हमासले चार महिनामा गरेको यो पहिलो हमला हो । दक्षिणी गाजाबाट कम्तिमा आठ रकेटहरु तेल अभिभतर्फ प्रहार गरिएको बताइएको छ । इजरायली सेनाले सबैजसो रकेट रोकिएको र […]

सम्बन्धित सामग्री

इजरायली नौसेनाद्वारा गाजामा आक्रमण तीव्र

इजरायली नौसेनाले गाजापट्टीमा हमासका टोलीलाई लक्ष्य गरी आक्रमण तीव्र पारेको  दाबी गरेको छ।  इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार बिहान हमासका कार्यकर्ता लुकेका थुप्रै भवनमा आक्रमण गरेको जनाएको हो।नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेको स्थानमा पनि आक्रमण गरेको दाबी गरेको छ । यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाइ हमलामा हमासका एक कमाण्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ । गत अक्टोबर ७ मा गा

युद्धबिरामका बिचमा प्यालेस्टाइनी भूमिबाट इजरायलमा रकेट प्रहार

गाजा– इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो ।  युद्धबिराम कायमै रहेको बेला भएको रकेट हमला पछि इजरायलले त्यसको जानकारी दिएको हो । जसअनुसार सेनाले एउटा रकेट पत्ता लगाएको र हवाई रक्षाद्वारा रोकिएको बताएको छ। यसअघि, इजरायली मिडियाले देशको […]

इजरायल र लेबनानी सीमानामा तनाव बढ्यो,रकेट हानाहान

पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ।दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ। इजरायली सेनाले पनि जवाफी आक्रमण गरेको छ। रेकट आक्रमण बढेसँगै इजरायलले सीमानामा रहेको उत्तरी इजरायली शहर किरिय शमोना खालि गर्न निर्देशन दिएको छ। इजरायल र गाजा शासक हमासबीच अक्टोबर ७ मा आक्रमण सुरू भएसँगै लेबनान र इजरायली सीमामा पनि तनाव बढ्दै गएको छ।

गाजापट्टीबाट रकेट हमलापछि इजरायली सेनाद्वारा जवाफी कारबाही

२० असोज, काठमाडौं । गाजापट्टीबाट व्यापक मात्रामा रकेट हमला भएपछि इजरायली सेनाले पनि जवाफी हमला सुरु गरेको छ । आफ्नो इलाकामा रकेट आक्रमण भएको र हमास विद्रोहीको घुसपैठ पनि भएकोले जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ । इजराइली प्रतिरक्षा फौज आईडीएफले दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दालाई […]

इजरायलको आरोप : हमासले लेबननबाट रकेट आक्रमण गर्‍यो

इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमालले उत्तरी क्षेत्रमा रकेट आक्रमण गरेको आरोप लगाएको छ। दक्षिण लेबननबाट दर्जनौं रकेटहरु प्रहार गरिएको इजरायली अधिकारीहरुको दाबी छ। ३४ वटा रकेटहरुलाई आकाशमै निष्क्रृय बनाउन सफल भए पनि ६ वटा रकेट इजरायली भूमिमा खसेको बताइएको छ। सो आक्रमणबाट केही भवनहरुमा क्षति पुगेको छ भने केही व्यक्ति…

इजरायली सेनाको रकेट प्रहारबाट ६ प्यालेस्टिनी मारिए

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको पश्चिम किनारामा इजरायली सेनाले रकेट प्रहार गर्दा ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनामा ११ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । पश्चिम किनाराको जेनिन शहरमा घेरा हाली इजरायली सेनाले रकेट प्रहार गरेको आरोप लगाइएको छ […]

इजरायली आक्रमणमा इस्लामिक जिहादका नेता मारिए

एजेन्सी। इजरायलले प्यालेस्टाइनमा गरेको हवाई आक्रमणमा परी स्लामिक जिहादका नेता हुसाम अबु हरबिदको मारिएका छन्। उनको सोमबार मृत्यु भएको जनाइएको छ। इजरायलमाथि हुने गरेको रकेट आक्रमणमा स्लामिक जिहाद समूहको हात रहेको इजरायलले बताउँदै आएको थियो। हरबिदको मृत्युपछि स्लामिक जिहादले इजरायलमाथि रकेट आक्रमण गरेको छ। इजरायली आक्रमणमा परी पछिल्ला दिन दुई सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ।

जेरुसेलममा चर्कियो हिंसा, इजरायलद्वारा रकेट प्रहार

जेरुसेलममा भएको तनाव चर्किएर भिडन्तको स्थिति आएपछि सोमवार साँझ उक्त शहर तथा गाजाको सीमा नजिक रकेट प्रहार गरिएका छन् ।    इजरायलले रकेट प्रहार गरेर गाजाका १३० वटा सैन्य टार्गेटमा आक्रमण गरेको जनाएको छ । त्यसक्रममा १५ जना लडाकूहरू मारिएको उसले जानकारी दिएको छ ।  सोमवार जेरुसेलमको पवित्र शहरमा सयौं प्यालेस्टाइनीहरू इजरायली प्रहरीसँग भिडेका थिए ।  इजरायली डिफेन्स फोर्सेसका अनुसार, गाजापट्टीमा रहेका लडाकू समूहले जेरुसेलममा साँझ ६ बजे ६ वटा रकेट प्रहार गरेका थिए ।  रात परेपछि आईडी...

इजरायलले गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गयो

काठमाण्डाै – इजरायलले प्यालेस्टाइन विरुद्ध गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गएको छ । गाजाको जेरुसलममा भएको आतङ्कवादी लक्षित आक्रमण भएको इजरायली अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणबाट महिला, बालबालिका सहित कम्तीमा २० जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समयमा तनाव बढिरहेको छ । हिजो जेरुसलममा इजरायली प्रहरीसँगको झडपमा कैयाैँ प्यालेस्टाइनी घाइते भएपछि गाजाका हमास शासकहरुले हड्ताल गर्ने चेतावनी दिएका थिए । लगत्तै इजरायली ...

गाजापट्टी र इजरायलबीच रकेट हमला

एजेन्सी। इजरायली नेताहरुले आक्रामक जवाफी कारवाही गर्ने चेतावनी दिए पनि गाजापट्टीबाट इजरायलतर्फ शनिबार पुनः रकेट प्रहार गरिएको छ। संयुक्त राष्ट्रसंघले यी क्षेत्रमा शान्ति कायम गर्न पटक–पटक अपिल गर्दै आएको छ। इजरायल र गाजाबीच महिनौंदेखि हिंस्रक झडप हुँदै आएको छ। शनिबार आतंकवादीले इजरायलमा ३६ वटा रकेट प्रहार गरेका थिए। त्यसलाई सेनाले विफल बनाएको थियो।